खेल

शहिद स्मारक ए डिभिजन लिग : सरस्वतीद्धारा फ्रेन्डसमाथि सहज जित 

शहिद स्मारक ए डिभिजन लिग : सरस्वतीद्धारा फ्रेन्डसमाथि सहज जित 

काठमाडौं । सरस्वती युथ क्लबले शहिद स्मारक ए डिभिजन लिग अन्र्तगत शनिबार भएको खेलमा पहिलो जित हात पारेको छ । हल्चोक स्थित शसस्त्र प्रहरी बलको मैदानमा भएको खेलमा सरस्वतीले फ्रेन्ड्स क्लबलाई ३–० गोलले हरायो । 

 

 

पहिलो हाफमा निक्कै प्रतिस्पर्धात्मक बनेको खेलमा सरस्वतीले  १–० को अग्रता बनाएको थियो । उसका लागि खेलको १३औं मिनेटमा विदेशी खेलाडी भिक्टोरले गोल गरेका थिए । 

खेलको  ७३औं मिनेटमा विदेशी खेलाडी ईब्राहिमले गोलगर्दै सरस्वतीको अग्रता दोब्बर बनाए । ८३औं मिनेटमा साचीईले अर्को गोल थप्दै सरस्तीको जित निश्चित गरे ।  पहिलो जितसँगै सरस्वतीले तीन अंक बनाएको छ ।

 

 

सरस्वती यसअघि संकटा र हिमालयन शेर्पा क्लबसँग पराजित भएको थियो । लिगमा कमजोर देखिएको फ्रेन्ड्सले भने लगातार तीन खेलमै हार खेपेको छ । यसअघि फ्रेन्ड्स थ्रीस्टार र एपीएफसँग पराजित भएको थियो ।

विशेष