खेल

महिला टी–२० विश्वकपको उपाधि अष्ट्रेलियाले जित्यो

महिला टी–२० विश्वकपको उपाधि अष्ट्रेलियाले जित्यो

काठमाडौं । यो पटकको आईसीसी महिला टी–२० विश्वकपको उपाधि अष्ट्रेलियाले जितको छ ।

 

इंग्ल्याण्डले दिएको १०६ रनको लक्ष्य १५.१ ओभरमा २ विकेट गुमाउँदै अष्ट्रेलियाले उपाधि जितेको हो ।

 

अष्ट्रेलियाका जितमा एस्लिक गार्डनर ३३ तथा कप्तान कप्तान मेग लेनिन २८ रनमा नट आउट रहे ।

 

ओपनर जोडी एल्सा हेलेले २२ तथा बेथ मोनेले १४ रन जोडिन् । टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्ड १९.४ ओभरमा १०५ रन बनाउँदै समेटिएको थियो ।

 

उसका लागि डेन्ले वेटले सर्वाधिक ४३ रन बनाउँदा कप्तान हिथर नाइटले २५ रनको योगदान गरिन् ।

 

अन्य कुनै पनि खेलाडीले ७ रन बढी बनाउन सकेनन् । इंग्ल्याण्डको पारी ध्वस्त बनाउने क्रममा एस्लिज गार्नरले ३ तथा जोयोरिजा वेरह्याम र मेगान स्यूटले दुई दुई विकेट लिएका थिए ।

अष्ट्रेलिया महिला टी–२० विश्वकप

विशेष