ढीलो बुढो हुने उपाय सजिलो छ, प्रयोग गर्ने कि ?
काठमाडौं । उमेर बढ्दै जाँदा मानिसको शरीर बुढो हुनु स्वाभाविक हो । सँगै यो एउटा जटिल प्रश्न हो । मानिस किन बूढो हुन्छ ? शरीर किन बूढो हुन्छ? यसबारे विभिन्न मत छन् । यसलाई कसैले प्राकृतिक रुपमा लिन्छन् त कसैले समयको अन्तरालसँगै शरीरमा आउने परिर्वनको नतिजाका रुपमा मान्छन् ।
मानिसको शरीरमा रहेका हर्माेन र जिन निर्धारित समयअनुसार चल्ने गर्छन् । कुनै जिन उमेर अनुसार सुरु र बन्द हुने गर्छ जसले हाम्रो शरीरको देखिने रूप अर्थात उमेर निर्धारण गर्छ । यसरी उमेरअनुसार यिनीहरुको क्रियाकलापबाट शरीरको क्रमिक परिवर्तन हनु र हाम्रो शरीरभित्र हुने कोषहरुको क्रमिक ह्रासको परिणामले नै मानिसमा बुढयौलीपना देखिन्छ ।
के हो प्रिमेचर एजिङ ?
सामान्यतः मान्छेहरुमा कम उमेरमै पाको देखिनुलाई नै प्रिमेचर एजिङ भनिन्छ । आजभोलिको जीवनशैलीमा प्रिमेचर एजिङ झनै बढ्दो छ । त्यसैले होला हाम्रो समाजमा उखान टुक्का नै छ ‘छोरी भन्दा आमा तरुनी’। आजभोलि आधुनिक जीवनशैलीले मानिसलाई झनै व्यस्त बनाइदिएको छ । मान्छेहरु आफ्नो काममा यति व्यस्त हुन थालेका छन कि उनीहरूले समयमा खान पाएका छैनन्, सुत्न पाएका छैनन, खानामा घरभित्रको स्वास्थकर परिकार भन्दा बाहिरका फास्ट फुड, जङ्फुड जस्ता स्वास्थलाई हानी अथवा नोक्सान पु¥याउने परिकारहरु बढी प्रयोग गर्न थालेका छन् । अर्कोतिर विभिन्न प्रविधिको विकासले गर्दा मान्छेहरुलाई अल्छी बनाइदिएको छ । घरका दैनिक काम जस्तै लुगा धुने, भाडा माझ्ने जस्ता काम पनि मेसिनले गर्न थालेका छन् ।
त्यसेलै पहिलेका मानिसहरुभन्दा अहिलेका मानिसहरु बढी अस्वस्थ भएर बढी हस्पिटल धाउनुपर्ने अवस्था छ । स्वास्थ्य नै जीवनको सबैभन्दा ठूलो धन हो । त्यसैले हामीले हाम्रो स्वास्थ्यलाई सबैभन्दा पहिलो प्राथमिकताका रुपमा हेर्नुपर्छ ।
किन हुन्छ त प्रिमेचर एजिङ? यसका कारक तत्वहरु के–के हुन् ?
यस्ता छन् प्रिमेचर एजिङ हुनुका कारक तत्वहरुः
– निष्क्रिय शारीरिक जीवन
– असन्तुलित भोजन
– तनाव अथवा स्ट्रेस
– धुम्रपान, मद्यपान
– वातावरण
प्रिमेचर एजिङलाई कसरी व्यवस्थित गर्न सकिन्छ त ?
उमेरसँगै बुढयौली बढ्नु प्राकृतिक अथवा स्वभाविक प्रक्रिया हो । तर उमेर नपुगि बुढयौंली लाग्नु भनेको अप्राकृतिक हो । यस्तो समस्या अव्यवस्थित जीवनशैली, असन्तुलित खानपिन, निष्क्रिय र तनावरहित जीवन, धुम्रपान मद्यपान आदिको सामुहिक असरबाट मानिसमा गर्दा प्रिमेचर एजिङको समस्या देखा पर्छ । नियमित शारीरिक व्यायामको कमीले अनावश्यक शरिरको वजन बढ्छ । मोटाउने क्रम ज्यादै बढ्यो भने शरीरमा ‘इन्फ्लामेसन’ बढ्छ । शरीरमा ‘इन्फ्लामेसन बढ्नु भनेको शरीरका अंग सुन्निनु, रातो हुनु, दुख्नु, पोल्नु आदि हन् । इन्फ्लामेसन बढेपछि एजिङ छिटो छिटो हुन्छ अर्थात प्रिमेच्युअर एजिङ शुरु हुन्छ । त्यसैले हामीले एन्टिअक्सिडेन्ट र भिटामिनयुत्त फलफूलहरु स्याउ, सुन्तला, भोगटे, हरियो सागपात, मुला, ब्रोकाउली, भटमास, अधुवा, बेसार जस्ता मसला नियमित सेवन गर्नुपर्छ ।
धुम्रपान नगरेर हानिकारक फ्रि रेडिकलबाट हुने डीएनए ह्रास कम गर्न सकिन्छ । यो भनेको उमेर नपुगी बुढो हुने अर्थात प्रिमेचर एजिङबाट बच्नु हो । सूर्यबाट आउने युभी (पराबैजनी) किरणले पनि छालामा प्रत्यक्ष असर पार्छ । यसबाट बच्न सन्सक्रिमको प्रयोग गर्ने, ग्रीन टी, अनार र एन्टिअक्सिडेन्ट भएका खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ । नियमित रुपमा शारीरिक व्यायाम, योग अर्थात ध्यान गर्ने, सकारात्मक सोचको विकास आदिले एउटा स्वस्थ, चुस्त र तन्दुरुस्त जीवन जीउन सकिन्छ र अनावश्यक प्रिमेचरलाई व्यवस्थित गर्न सकिन्छ ।