खेल

इटालियन सिरी ए : लिग लिडर युभेन्टसको अगाडि स्पाल कमजोर 

इटालियन सिरी ए : लिग लिडर युभेन्टसको अगाडि स्पाल कमजोर 

काठमाडौं । इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्टसले स्पाललाई पराजित गरेको छ ।

 

 

शनिबार राति आफ्नो घरेलु मैदानमा भएको खेलमा स्पालजाई २—० गोलअन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र मारियो मान्ड्जुकिकले गोल गरे ।

 

 

खेलको सुरुवाती अग्रता भने युभेन्सले पहिलो हाफको २९ औं मिनेटमा लियो । उसका लागि रोनाल्डोले गोल गरे ।  खेलको ६० औं मिनेटमा युभेन्टसका लागि थप एक गोल मारियोले गरे । अन्तत युभेन्टसको अघि कमजोरी देखिएको स्पालले खेल २—० ले पराजित भयो । 

 

 

जितपछि १३ खेलबाट युभेन्टसले ३७ अंक बनाएको छ । पराजित स्पालको भने १३ खेलबाट १३ नै अंक रहेको छ ।

विशेष