खेल

स्पेनिस ला लिग : बार्सिलोना बराबरीमा रोकियो, भ्यालेन्सियाको जित

स्पेनिस ला लिग : बार्सिलोना बराबरीमा रोकियो, भ्यालेन्सियाको जित

काठमाडौं । स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोना एट्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको छ ।

 

 

शनिबार राति भएको खेलमा पाहुना टोली बार्सिलोना एट्लेटिको मड्रिडसँग १—१ गोलको बराबरीमा रोकिएको हो । एट्लेटिको मड्रिडका लागि डिएगो कोष्टाले गोल गरेका थिए । यता, बार्सिलोनाका लागि भने ओसुमाने डेम्बेलेले गोल गरेका थिए ।

 

 

प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो हाफसम्ममा दुवै पक्षबाट गोल हुन सकेन । खेलको ७७ औं मिनेटमा कोष्टाले गोल गर्दै एट्लेटिको मड्रिडलाई अग्रता दिलाएका थिए । यस्तै बार्सिलोनाले भने ९०औं मिनेटमा गोल ग¥यो । उसका लागि डेम्बेलेले गोल गर्दै हारबाट जोगाए । 

बराबरीसँगै बार्सिलोनाको १३ खेलबाट २५ अंक भएको छ । त्यस्तै, एट्लेटिको मड्रिडको १३ खेलबाट २४ अंक भएको छ ।

 

 

त्यस्तै, शनिबार राति नै भएको अन्य खेलमा भ्यालेन्सियाले रायो भालेकानोलाई ३—० गोलअन्तरले पराजित गरेको छ । यता हुएस्का र लेभान्टे भने २—२ गोलको बराबरी खेलेका छन् ।

विशेष