खेल

काभानीको गोलमा पिएसजी विजयी

काभानीको गोलमा पिएसजी विजयी

काठमाडौं । फ्रन्च लिग अन्र्तगत साविक विजेत  पेरिस सेन्ट जर्मन (पीएसजी) ले मध्यक्रममा रहेको टोउलुसेलाई पराजित गरेको छ । शनिबार राती भएको खेलमा पीएसजीले टोउलुसेलाई १–० गोलले हराएको हो  ।

 

 

 

पीएसजी टोउलुसे विरुद्धको खेलमा आफना स्टार खेलाडी नेमार र केलियन एमाबाप्प बिना ने मैदान उत्रिएको थियो ।  नेमार र एमबाप्पे घाइते भएका कारण खेलेनन् । 

 

पीएसजीको घरेलु मैदानमा नेमार र एमबाप्पे बिना उत्रिएको पिएसजीका लागि एडिन्सन काभानीले निर्णायक गोल गरे  ।  घरेलु मैदानमा भएको खेलमा काभानीले नवौं मिनेटमा गोल गरेका थिए । काभानीको गोल नै पीएसजीका जितका लागि पर्याप्त बन्यो । 

 

 

लिगका यो पीएसजीको लगातार १४औं जित हो । जितसँगै पीएसजीले १४ खेलबाट ४२ अंक बनाएको छ । 

पीएसजी दोस्रो स्थानमा रहेको लियोनभन्दा १५ अंकले अगाडी छ । पीएसजीसँग हारेको टोउलुसे १४ अंकका सात तालिकाको १५औं स्थानमा छ । 

विशेष