समाज

सिन्डिकेट उस्तै

सिन्डिकेट उस्तै

सिन्डिकेट साच्चै हट्थ्यो त डडेलधुरावासीले यस्तो ‘ट्रयाजेडी’ सायदै भोग्नुपथ्र्याे । ‘कन्डिसन’ मै नरहेको थोत्त्रो बस  यात्रु चाप थेक्न नसकेर सडकबाट खस्न पुग्यो ।


डोटीको पिस जोन एकेडेमीको उक्त बस बिहिबार उग्रतारा मन्दिर र डडेलधुरा सदरमुकामसम्म जात्रामा ओसारिरहेको थियो । तर, रुट कब्जा गरेर बसेका सीमित व्यवसायीले वर्षौै पुराना गाडी नफेर्दाकै परिणामभन्दा फरक छैन यो दुर्घटना ।


सरकारले महिनौंअघि यातायात सिन्डिकेट अन्त्यको घोषणा ग¥यो। यातायात समितिहरु खारेज ग¥यो । तर, सुदूरपश्चिममा व्यवसायीको एकाधिकार, क्षमताभन्दा बढी यात्रु, थोत्रा गाडी चलाउने र विभिन्न बहानामा रकम असुल्ने प्रवृत्ति जहाँको त्यहीँ छ । लामो रुट एउटै चालकले हाँक्न गरेको छन् । गैरसरकारी संस्थाका रुपमा दर्ता भएका समिति नवीकरण भएका छैनन् । थोरै समिति मात्र प्रालिमा दर्ता हुँदै छन् ।


यो प्रदेशका ग्रामीण रुटमा चल्ने अधिकांश सवारीसाधन थोत्रा छन्। बाटैमा बिग्रिन्छन्। हरेकपटक धक्का नदिई अघि बढ्नै सक्दैनन्। खुट्टै नअटाउने गरी यात्रु खाँदिन्छन्। भाडादर पनि मनपरी छ । न ट्राफिक हुन्छन् न यात्रुले विरोध जनाउन सक्छन्। पहाडी सडक बढी जोखिमपूर्ण छन्। रुट परमिट  नखोलिएका ट्रयाकमा आफूखुसी महेन्द्रा जिप चलाइएका छन् ।


१२ सिटे गाडीमा ३० जनासम्म खाँद्ने व्यवसायी सडकको दुरवस्थालाई दुर्घटनाको देखाएर पन्छन खोज्छन् । 
कान्तिपुर दैनिकबाट

  

विशेष