समाज

बाढीपीडितलाई घर हस्तान्तरण

बाढीपीडितलाई घर हस्तान्तरण

बाँके ।  बाढीबाट प्रभावित पूर्ण क्षति भएका बाढीपीडितलाई घर हस्तान्तरण गरिएको छ । 

 

बर्दीयाको गुलरिया नगरपालिका– १, ३, ४, ५, ८, १० र १२ मा निर्माण गरेका विपद् प्रतिरोधी आवासको कालाबञ्जरमा नमूनाबस्ती कार्यक्रम गरेर हस्तान्तरण गरिएको छ । वल्ड रिन्यु क्यानाडाको आर्थिक सहयोग र गुलरिया नगरपालिकाको समन्वयमा ‘कारितास’ नेपालले एक सय तीनवटा घर हस्तान्त्रण गरेको हो । प्रति घरमा रु तीन लाख २५ हजार बराबरको लगानी लागेको बताइएको छ ।

 

नगरपालिकाको वडा नं १ मा पाँच, ३ मा ३६, ४ मा ७, ५ मा १५, ८ मा ६, १० मा ३१ र १२ मा तीन घर निर्माण गरिएका कारितास नेपालले जनाएको छ । 

विशेष