अर्थ मुख्य समाचार

काठमाडौं निजगढ द्रुतमार्ग निर्माण तत्काल रोक्न सांसदहरुको माग

काठमाडौं निजगढ द्रुतमार्ग निर्माण तत्काल रोक्न सांसदहरुको माग

काठमाडौं । सांसदहरुले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम तत्काल स्थगित गर्न माग गरेका छन्।

 

 

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार सांसदहरुले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम तत्काल स्थगित गर्न माग गरेका छन्। उनीहरुले डिपिआर बिनै द्रुतमार्ग बनाइरहेको आरोप लगाउँदै तत्काल रोक्नुपर्ने माग गरेका हुन् । 

 

 

सांसदहरुले द्रुतमार्ग  निर्माण विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री इश्वर पोखरेललाई बोलाएर छलफल गर्नुपर्ने माग गरेका छन्। सांसद दिलेन्द्रप्रसाद बडुले तत्कालै रोकेर छलफल गरी अगाडि नबढाइए थप बल्झिने बताए।

 

सांसद अमरेश सिंहले आफ्नै समितिको एजेन्डा धेरै भएकोले यस विषयमा अलमलिन नहुने बताए ।  समितिकी सभापति शशी श्रेष्ठले यस विषयमा आन्तरिक छलफल गरी रक्षामन्त्रीलाई बोलाउने बताइन्। 

 

 

बैठकको शुरुमा सांसदहरुले फास्ट ट्रयाकबाट प्रभावित ललितपुरस्थित खोकना र बुङमतीबासीको गुनासो सुनेका थिए। खोकना र बुङमतीबासीले उचित मुआब्जालगायतका विभिन्न माग राख्दै द्रुतमार्ग निर्माणको काम तत्काल स्थगित गराउन संसदीय समितिसँग माग गरेका थिए। 

विशेष