पुरानै संयन्त्रबाट कामदार पठाउन मलेसियाद्वारा पत्राचार

काठमाडौं । श्रमसम्बन्धी नयाँ सम्झौता गरेको एक एक महिनापछि आएर मलेसियाले पुरानै संयन्त्रबाट कामदार पठाउन नेपाल सरकारलाई पत्राचार गरेको छ ।
कलिङ भिसा पाएर श्रमस्वीकृति लिएका झन्डै १० हजार कामदार ६ महिनादेखि अलपत्र रहेको अवस्थामा मलेसियाले पुरानै संयन्त्रबाट ती कामदार पठाउन आग्रह गरे पनि नेपाल सरकार नयाँ सम्झौता कार्यान्वयन गर्ने पक्षमा देखिएको छ ।
श्रममन्त्री गोकर्ण विष्टले मलेसियाको प्रस्तावबारे ठोस जवाफ नदिई सरकार दुई देशबीचका समझदारीको मर्म र भावनाका आधारमा गम्भीरतापूर्वक अगाडि बढ्ने बताए ।
‘समझदारी कार्यान्वयन गर्न केही विषयका प्रक्रियालाई टुंग्याउनुपर्छ, मसिना समस्यासमेत टुंग्याउने गरी प्रावधिक बैठक पुनः बस्छौँ ।’ उनले भने ।
टुग्याउनुपर्ने विषयबारे नेपाली दूतावासतर्फ मलेसियाको सम्बन्धित ठाउँमा कुरा भईरहेको उनले बताए । कान्तिपुर दैनिकबाट
मलेसिया कामदार