खेल

टी–१० क्रिकेट लिगः तेस्रो खेलमा पनि सन्दीपकाे उत्कृष्ट प्रदर्शन

टी–१० क्रिकेट लिगः तेस्रो खेलमा पनि सन्दीपकाे उत्कृष्ट प्रदर्शन

काठमाडौ‌ । यूएईमा भइरहेको टी–१० लिग क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा पनि नेपाली क्रिकेटर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

 

उनले आइतबार भएको खेलमा पनि महत्वपूर्ण २ विकेट लिन सफल भए । केरला किङ्सबाट खेलिरहेका सन्दीपले राजपुत्सविरुद्धको खेलमा २ विकेट लिएका हुन् ।

 

उनले अफगानिस्तानका बिस्फोटक ब्याट्सम्यान मोहम्मद शेहजाद र वेस्टइंडीजका कार्लोस ब्य्राथवेटको विकेट लिए ।

 

सन्दीपले पहिलो र सातौं ओभरमा विकेट लिएका हुन् । उनले पहिलो ओभरमा ६ रन दिए । दोस्रो ओभरमा भने उनी महंगा साबित भए । सन्दीपले सातौं ओभरमा १७ रन खर्च गरे । 

 

टस जितेर केरला किंसले फिल्डिङ खोजेपछि ब्याटिङका लागि मैदानमा उत्रिएको राजपुत्सले ९ ओभरको समाप्तीमा ५ विकेट गुमाएर ९४ रन बनाएको छ। अन्तिम ओभर बाँकी रहँदा वर्षा सुरु भएपछि खेल स्थगित भएको थियो । 

 

समूहमा दुवै टोलीको दुई खेलबाट समान दुई अंक भएपनि नेटरनरेटमा राजपुत्स दोस्रो र केरला तेस्रो स्थानमा छ। पहिलो खेलमा जीत हात पारेको केरला दोस्रो खेलमा पराजित भएको थियो।

 

पहिलो खेलमा १७ रन खर्चिएर तीन विकेट लिएका सन्दीपले दोस्रो खेलमा एक विकेट लिएर १४ रनमात्र खर्चिएका थिए। 
 

सन्दीप लामिछाने टी–१० लिग

विशेष