खेल

स्पेनिस ला लिगा फुटबलः सेभिल्ला शीर्ष स्थानमा उक्लियो

स्पेनिस ला लिगा फुटबलः सेभिल्ला शीर्ष स्थानमा उक्लियो

एजेन्सी । बार्सिलोनालाई पछि पार्दै सेभिल्ला स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा पुगेको छ ।

 

आइतबार राति भएको खेलमा रियल भालाडोलिडमाथि १–० को जित निकाल्दै सेभिल्ला शीर्ष स्थानमा पुगेको हो ।

 

सेभिल्लालाई जिताउन आन्द्रे सिल्भाले गरेको गोल नै निर्णायक बन्यो । उनको गोलपछि सेभिल्ला बार्सिलोनालाई पछि पार्न सफल भयो ।

 

भालाडोलिडका इनेस उनालले दुई गोल गरेका थिए, तर अफसाइड भएकाले गोलले मान्यता पाएन । खेलपछि शीर्ष स्थानमा उक्लिएको सेभिल्लाको १३ खेलबाट २६ अंक भएको छ ।

 

दोस्रो स्थानमा झरेको बार्सिलोनाको २५ अंक छ । आइतबार राति नै भएका अरु खेलमा भिल्लारियलले रियल बेटिसलाई २–१, जिरोनाले स्पानियोललाई ३–१ ले हरायो ।

 

यस्तै गेटाफे र एथ्लेटिको बिल्बाओले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । 

बार्सिलोना सेभिल्ला स्पेनिस ला लिगा फुटबल

विशेष