मुख्य समाचार

निर्मलाका बुबालाई त्रिवि अस्पतालमा भर्ना, यस्तो छ अहिले अवस्था

निर्मलाका बुबालाई त्रिवि अस्पतालमा भर्ना, यस्तो छ अहिले अवस्था

काठमाडौं । मानसिक रुपमा विक्षिप्त भएपछि काठमाडौं ल्याइएका निर्मला पन्तका बाबु यज्ञराजको अहिले उपचार भइरहेको छ ।

 

उपचारमा संग्लन चिकित्सकले बाहिर आए जस्तो मानसिक समस्या नरहेको तर पन्तमा तनावका कारण केही असर देखिएको बताएका छन् ।

 

त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विभागका डा. सरोज ओझाले भने, ‘अहिले नै के भएको हो र अवस्था के छ भन्ने बारे केही भन्न सक्दैनौँ ।

 

प्राथमिक रुपमा तत्कालका लागि मेडिसिन विभागले हेरेको र त्यहाँ फिजियोलोजिकल अवस्थाको पूर्ण परीक्षण भएर रिपोर्टहरु आएपछि हामीले उहाँको अवस्था निरीक्षण गर्नेछौँ । तर अहिलेलाई के चाहिँ भन्न सकिन्छ भने उहाँमा तनावको असर देखिएको छ ।’

 

तनावका कारण केही फरक व्यवहार देखिएको भए पनि अहिले अवस्था सामान्य रहेको र आफूहरुले मेडिसिन विभागसँगको सहकार्यमा काम गरिरहेको डा. ओझाले बताए ।

 

बलात्कारपछि हत्या भएकी १३ वर्षकी छोरी निर्मलाको न्यायका लागि अनशनमा बसेका यज्ञराजले केही असामान्य व्यवहार देखाएको तथा स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उनलाई त्रिवि अस्पताल ल्याइएको थियो ।

निर्मला पन्त

विशेष