समाज

निर्मलाका बाबुआमालाई नयाँ शक्ति पार्टीका समर्थकद्धारा आर्थिक सहयोग,  संयोजक भट्टराई पुगे अस्पताल 

निर्मलाका बाबुआमालाई नयाँ शक्ति पार्टीका समर्थकद्धारा आर्थिक सहयोग,  संयोजक भट्टराई पुगे अस्पताल 

काठमाडौं ।   नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सोमबार निर्मला पन्तको परिवारलाई भेटेका छन् ।  भट्टराईले सोमबार शिक्षण अस्पतालमा भर्ना गरिएका निर्मला पन्तको बुवा यज्ञराज पन्तलाई भेटी आर्थिक सहयोग गरेका छन् । 

 

 

भट्टराईले नयाँ शक्ति पार्टीका समर्थक अष्ट्रेलियामा रहेका अनिल पाण्डे र सविता भट्टराईले पठाएको एक लाख रुपैयाँ निर्मलाको परिवारलाई हस्तान्तरण गरेका छन् ।

 

 

यज्ञराजको मानसिक स्वास्थ्यमा समस्या देखिएपछि हाल काठमाडौंको शिक्षण अस्पतालमा उनको  उपचार भइरहेको छ । उनलाई आइतबार काठमाडौं ल्याइएको थियो । भट्टराईले न्यायको आन्दोलनमा आफू साथ रहेको बताएका थिए ।

विशेष