खेल

ए डिभिजन लिग :सरस्वतीद्धारा बिग्रेड ब्वाइज पराजित

ए डिभिजन लिग  :सरस्वतीद्धारा बिग्रेड ब्वाइज पराजित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा सरस्वती युवा क्लबले दोस्रो जित हात पारेको छ। 


 

 

मंगलबार एन्फा कम्प्लेक्समा भएको खेलमा सरस्वतीले ब्रिगेड ब्वाइज क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो। 


खेलमा सुरुवाती अग्रता सरस्वती लिएको थियो । उसका लागि खेलको तेस्रो मिनेटमा विनोद केसीले गोल गरेका थिए । केसीले दिपेश श्रेष्ठको पासमा गोल गरेका थिए । 

 

 

एक गोलले पछि परेको ब्रिगेड खेलमा फर्किन कोशिस गर्दा सातौं मिनेटमा सफल भयो । खेलको सातौं मिनेटमा बिग्रेडका लागि  विदेशी खेलाडी काजिम बुसारीले बराबरी गोल गर्दै खेल बराबरीमा पु¥याए । 


खेलको दोस्रो हाफमा सरस्वतीले फेरि अर्को गोल ग¥यो । सरस्वतीका लागि खेलको ५२ औं मिनेटमा फ्रान्सिस ओयुन्माले गोल गदै जित निश्चित गरे । यो सँगै सरस्वतीले लिगमा दोस्रो जित हात पार्न सफल    भयो । 

 

यसअघि पहिलो खेलमा सरस्वती संकटासँग अन्तिम समयमा १–० गोल अन्तरले पराजित भएको थियो। दोस्रो खेलमा सरस्वतीलाई हिमालन शेर्पले १–० गोल नै हराएको थियो।  तेस्रो खेलमा फ्रेन्ड्सविरुद्ध ३–० को जित निकालेको थियो । 

जितसँगै सरस्वती ४ खेलबाट ६ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ। 

तस्विर ः एन्फा 

विशेष