खेल

पोखरा प्रिमियर लिगः घरेलु टोलीमाथि धनगढीको रोमाञ्चक जित 

पोखरा प्रिमियर लिगः घरेलु टोलीमाथि धनगढीको रोमाञ्चक जित 

काठमाडौं ।  पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा एक्सपर्ट धनगढी ब्लुज विजयी भएको छ । घरेलु टोली पोखरा पल्टनलाई २ विकेटले पराजित गर्दै धनगढी विजयी भएको हो । 

 

 


कप्तान दीपन्द्रसिंह ऐरीले २६ बलमा ४ चौका र ४ छक्का प्रहार गरी अविजित ४९ रन बनाएपछि धनगढीले रोमाञ्चक जित निकाल्यो । टस जितेर व्याटिङ रोजेको पोखरलाई ८ विकेट गुमाइ १४४ रन बनाएको थियो ।

 

 

कप्तान दीपेन्द्रको इनिङ्सपछि धनगढीले १ बल अगाडि १४८ रन बनाउँदै लक्ष्य पुरा गरेको हो । धनगढीलाई अन्तिम ओभरमा १५ रन चाहिने अवस्थामा दीपेन्द्र एक्लैले महबुब आलमको ओभरमा १६ रन प्रहार गरेका थिए ।

 

 

धनगढीबाट पिटर ट्रेगोले ५३ र सुविन्दु पाण्डेले २२ रन बनाएका थिए । तर अरु खेलाडीहरु सस्तैमा आउट हुँदा धनगढी माथिको दबाबलाई दीपन्द्रले पन्छाएका हुन् ।

 

 


धनगढीका दीलिप नाथ ४, ड्यानियल लरेन्स ३, सन्दीप जोरा ९, सौरभ खनाल ३, मन्जित श्रेष्ठ १ र कमलसिंह ऐरी शुन्यमा आउट भएका थिए ।

 

 

पोखराका रसिद खानले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । ललित राजवंशी र विक्रम भुसालले २-२ विकेट लिए ।

 

 

यसअघि पोखरालाई चुनौतीपूर्ण स्कोरमा उभ्याउँदा रोहित पौडेलले ३१ ,रवि इन्दर सिंहले २८, आसिफ शेखेले २३, कप्तान शरद भेषावकरले १४ र मोहम्मद नाविदले ११ रन बनाए ।

 

 

रसिद ८ बलमा १५ र विक्रम भुसाल ३ बलमा ८ रन बनाइ अविजित रहे । धनगढीका कमलसिंह ऐरीले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । ट्रेगो, लरेन्स र रविन क्षत्रीले १र१ विकेट पाए ।

पोखरा पल्टन एक्सपर्ट धनगढी ब्लुज पोखरा प्रिमियर लिग

विशेष