मुख्य समाचार

दीपक जोशी सहित न्यायपरिषदले पठायो प्रधानन्यायाधीशका लागि दुई नाम

दीपक जोशी सहित न्यायपरिषदले पठायो प्रधानन्यायाधीशका लागि दुई नाम

काठमाडौं ।  न्याय परिषद् सचिवालयले भावी प्रधानन्यायाधीशका लागि दुई वरिष्ठतम न्यायाधीशको नाम संवैधानिक परिषदलाई सिफारिस गरेको छ।

 

 

परिषदले यसअघि प्रधानन्यायाधीशमा संसदीय सुनुवाइबाट अस्वीकृत वरिष्ठतम न्यायाधीश दीपकराज जोशी र न्यायाधीश चोलेन्द्र शमशेर जबराको नाम पठाएको हो। 

 

 

संवैधानिक व्यवस्था अनुसार संवैधानिक अंगका पदाधिकारीको नियुक्ति सिफारिस एक महिनाअघि नै गर्नुपर्ने भएकाले संवैधानिक परिषदले योग्यता पुगेका सबै न्यायाधीशको नाम पठाएको हो ।  हाल सर्वोच्चमा उक्त योग्यता पुगेका जोशी र राणामात्र हुन्।


 

 

स्रोतका अनुसार न्याय परिषद सचिवालयले जोशीको नाम भने कैफियतसहित पठाएको छ। यसअघि संसदीय सुनुवाइबाट अस्वीकृत भएको जानकारीसहित जोशीको नाम पठाएको हो। 


 

 

परिषदले पठाएको विवरण अनुसार अब संवैधानिक परिषदले प्रधानन्यायाधीश सिफारिस गर्नेछ। सिफारिस अनुसार संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्नेछ।

 

 

हालका प्रधानन्यायाधीश मिश्रको कार्यकाल पुस १८ गतेबाट सकिँदैछ। सर्वोच्च अदालतको प्रचलन अनुसार प्रधानन्यायाधीशबाट अवकाश हुनुभन्दा एक महिनाअघि विदा बस्ने परम्परा छ । तर, स्रोतका अनुसार मिश्र विदा नबस्ने भएका छन् ।  मिश्रको कार्यकाल सकिएपछि जोशीले वरिष्ठताका आधारमा कायम मुकायम भई कार्यसम्पादन गर्नुपर्ने हुन्छ। जोशीलाई यसअघि साउन १८ गते संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेको थियो।


संवैधानिक व्यवस्था अनुसार सर्वोच्चमा कम्तीमा तीन वर्ष काम गरेको न्यायाधीश प्रधानन्यायाधीशका लागि योग्य हुनेछन्। 

विशेष