तीन जनामा अल्मोडाले विहेका लागि छाने ‘श्रृंखला खतिवडा’(भिडियोसहित)
काठमाडौं । पछिल्लो समय ‘ब्याक टु ब्याक’ हिट गीत दिएका गायक तथा संगीतकार अल्मोडा राना उप्रेती धेरैको मनमा बस्न सफल छन् । युट्युबमा उनले गाएका भिडियोलाई दश लाख भन्दा बढी पटक हेरिएको छ । हालै उनको ‘चप्पल पड्काउँदै’ बोलको गीत रिलिज भएको छ ।
स्नातकसम्म अध्ययन गरेका अल्मोडाले मास्टर्स भने पूरा गर्न पाएनन् । म्युजिक टिचर त्यसपछि स्टुडियो, कालीप्रसाद बास्कोटासँग र अनप्लगमा काम गर्दै अहिले उनी संगीत क्षेत्रमा लागेको ५ वर्ष भयो ।
अल्मोडा बेलाबेलामा विवादमा आउँछन् । विवादको कारण खुलाउँदै उनी भन्छन्, ‘म सबैसँग मिलेर काम गर्न खोज्छु । कतिसँग काम गर्दा पारिश्रामिक समयमा पाइदैंन । त्यसकारणले पनि विवादमा आउँछु । राम्रो सोचेर काम गरिन्छ । सोच्दै नसोचिएको खण्डमा विवादमा पर्दा आर यु कमेडी मी भनेकोजस्तो हुन्छ ।’
सानो हुँदा नेपाली फिल्मकी हिरोइन कृष्टि मैनाली उनलाई खुब मनपथ्र्यो । कलेज पढ्ने समयमा उनी निकै आक्रोशित स्वभावका थिए । त्यो बेलाका घटना सुनाउँदा उनले भने, ‘अत्ति आक्रोशित स्वभावको थिएँ । कसैले कसैलाई हेर्र्न पनि नहुने । केही कुुरा चित्त नबुझ्दा शिक्षकसँग झगडा गर्ने, कलेजको शिाशा फुटाउने जस्तो हुन्थ्यो । अहिले सम्झिदा त्यसो नगरेको भए हुने रहेछ भन्ने हुन्छ ।
अझै ड्रेडलक गरिएको त्यतिबेलाको फोटो हेरेर आफैंलाई हाँसो उठ्छ ।’
अहिले भने उनी सुध्रिएका छन् । आफ्ना राम्रो बानी कोट्याउँदै अल्मोडाले भने, ‘म सबैलाई माया गर्छु । कोही अप्ठ्यारोमा परेको देख्नै सक्दिनँ ।’ संगीत क्षेत्रमा लागेको सुरुवाती दिनमा उनलाई पक्कै सजिलो थिएन । भन्छन्, ‘सुरुवाती दिनमा धेरै उतारचढाव आए । अहिले विस्तारै सबै मिल्दै गएको छ ।’