मुख्य समाचार

सामाजिक सुरक्षा योजना कार्यक्रम सबैवर्गका लागि हो : प्रधानमन्त्री ओली

सामाजिक सुरक्षा योजना कार्यक्रम सबैवर्गका लागि हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै वर्गका लागि सामाजिक सुरक्षा योजना कार्यक्रम भएको बताएका छन् । 


प्रज्ञा प्रतिष्ठान कमलादीमा मंगलबार सामाजिक सुरक्षा कोषको  कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले २५ वर्ष अघि थालेको काम आजबाट नयाँ आयाम सहित सुरुवात भएको बताएका छन् । 


 

‘श्रमको सम्मानसहित नयाँ प्राणालीको थालनी गर्दै छौ’, ओलीले भने, ‘बच्चा , युवा र वृद्ध ,बिरामी, आम्दानी भएका, नभएका सबैका लागि यो कार्यक्रम फलदायी हुने हुन्छ ।’

 

उनले अघि भने, ‘ यस्ता कार्यक्रम  बच्चा , युवा र वृद्धका लागि हुन् , जसले  बच्चा अवस्थामा शिक्षा, स्वास्थय त्यस्तै युवा अवस्थामा रोजगार र वृद्ध अवस्थामा सम्मान साथ लगायतका सबै वर्गले आधारभूत आवश्यकताबाट वञ्चित हुनेछैनन् । ’कोक्रोमा नआउँदैदेखि अन्तिम अवस्थासम्मका लागि यो कार्यक्रम भएको प्रधानमन्त्रीको भनाई छ ।

प्रधानमन्त्री ओलीले पत्रपत्रिकामा ‘सरकार हरायो’ भनेर सोधिएको भन्दै कार्यक्रममा जवाफ फर्काए। ‘सरकारले सिन्को भाँचेन भने। जुम्रा पनि मारेन भनिन्छ’, ओलीले भने, ‘सरकार सिन्का भाँच्न पनि होइन। जुम्रा मार्न होइन। सरकार देश बनाउन हो। त्यो काम सरकार गर्दैछ। सरकार खोज्नेहरूलाई भन्न चाहान्छु, अझै देख्नु भएन ?’

 

उनले सरकार देख्नका लागि पावर चश्मा लगाउन नपर्ने बताए। ‘पावर चश्मा लगाउन पर्दैन’, ओलीले भने, ‘नचाहे पनि सरकारले देख्नुहुन्छ।’

 प्रधानमन्त्रीले नेपाली कांग्रेस तर्फ संकेत गर्दै सरकार नदेख्नेलाई प्रश्न गर्दै भने, ‘सरकार मजदुरलाई सोध्नुस् कहाँ छ , दुख पाएका जनतालाई सोध्नुस् जवाफ पाउनुहुनेछ ।’ 

उनले विकास तथा प्रगतिको बाटो हामीले निर्माण गरिदिएको बताए । उनले भने , जसरी सडक निर्माण गरिदिएपछि अन्य बाटोबाट गाडी नगुढी  सडकबाटै हिड्नु आवश्यक हुन्छ , त्यसै गरी हामीले निर्माण गरेको बाट उचित छ , त्यसैले भोलि जसले गाडी चलाउने भए पनि हामीले बनाएको बाटोमा हिडेर मुलुकलाई प्रगतितर्फ डोराउन सक्छ । 

विशेष