मनोरञ्जन

काठमाडौंमा गुञ्जिए विश्वप्रसिद्ध तबलावादक हुसेन

काठमाडौंमा गुञ्जिए विश्वप्रसिद्ध तबलावादक हुसेन

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासमा गएराती विश्वप्रसिद्ध तबलावादक जाकिर हुसेनले धेरैलाई लठ्ठ पारे । नेपाल भारतबीचको ७० वर्षको कुटनीतिक सम्बन्धको अवसरमा आयोजना भएको उक्त समारोहमा नेपालका मन्त्री, मन्त्रीपरिषद्का पूर्वअध्यक्ष, संगीतकार तथा नेपाल भारतका व्यक्तित्वको सहभागिता थियो । 

 

भारतीय राजदूतावासमा भएको उक्त विशेष समारोह दूतावास, भारतीय सांस्कृतिक सम्बन्ध परिषद्, नयाँ दिल्ली र स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र, काठमाडौंको आयोजनामा भएको थियो । समारोहमा हुुसेनले डेढ घण्टासम्म निरन्तर तबला बजाएर त्यहाँ उपस्थित सबैलाई मन्त्रमुग्ध बनाए । 

हुसेनलाई सारंगीबाट सविर खान, ढोलकबाट नवीन शर्मा र मृदंगबाट आनन्द कृष्णले साथ दिएका थिए । हुसेनले तबलाबाटै वर्षाको बेलाको गड्याङगुडुङ र चट्याङ, मृगको चालजस्ता विषयलाई संगीतमा अनुवाद गरे भने सामान्य बोलीचालीलाई पनि तबलाबाटै प्रस्तुत गरेका थिए ।  

 

करिब एक हजारजनाकाे सहभागिता रहेको उक्त समारोहमा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपाल भारत सम्बन्ध बढाउन कलासंगीतले महत्वपूर्ण भूमिका खेलेको बताए । 
 

जाकिर हुसेन

विशेष