युईएफए च्याम्पियन्स लिग : रियलद्धारा रोमा पराजित
काठमाडौं । रियल म्याड्रिड युईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । लिग अन्तर्गत मंगलबार राती भएको समूह जी को खेलमा रियलले इटालियन प्रतिस्पर्धी रोमालाई २–० गोलले हरायो ।
खेलमा पहिलो हाफको अन्तिम समयमा रियलले गोल ग¥यो । खेलको ४७ औं मिनेटमा रियलका लागि स्टार खेलाडी गारेथ बेलले गोल गरे । उनले रोमाको रक्षापंक्ति तोड्दै गोल गरेका हुन् । दोस्रो हाफको ५९ औं मिनेटमा रियलका लागि लुकास भाजक्वीजले गोल गर्दै रियलको जित निश्चित गरे ।
पहिलो हाफमा राम्रो खेलिरहेको रोमा दोस्रो हाफमा भने लयमा रहन सकेन ।
जितसँगै समूह जी मा रहेको रियल १२ अंकका साथ तालिकाको शिर्ष स्थनमा छ । नौ अंक बनाएको रोमा पनि समूह उपविजेताको रुपमा नकआउट चरणमा पुगेको छ ।
यही समूहको अर्को खेलमा भिक्टोरिया प्लेजेनले सीएसकेए मस्कोलाई २–१ गेलले हरायो । समूहमा समान चार अंक बनाएका ४ अंक भिक्टोरिया मस्को र प्लेजेन समूह चरणबाट बाहिरिएका छन् ।