अक्षयले सुनाए ‘२.०’ को सुटिङको समयको पीडा, ४० दिनसम्म भोक्कै
एजेन्सी । सुपरस्टारबाट सुपरभिलेन बनेका अक्षय कुमारले फिल्म ‘२.०’ को सुटिङको समय आफूले भोगेका पीडाबारे मुख खोलेका छन् । सुटिङको ४० दिन निकै पिडादायी रहेको उनले बताएका छन् । यसको मुख्य कारण थियो उनको मेक अप ।
अक्षयको अनुसार उनलाई मेक अपकै लागि साढे तीन घण्टासम्म बस्नुपथ्र्यो । त्यस्तै डेढ घण्टा त्यो मेक अप सफा गर्न लाग्थ्यो । उनको अनुसार ४० दिनसम्म उनलाई खाना खान पनि अनुमति थिएन । यस्तो प्रकारको मेक अप गर्दा आफ्नो शरीरलाई सन्तुलित राख्नुपर्ने उनले बताए । किनकी यसको लागि बडिसुट आफ्नै शरीरको साइजको बनाइएको हुन्छ । उनी मात्र लिक्विड डाइटमा थिए । जुस र पानीमात्र खान पाउथे ।
फिल्ममा अक्षयसँगै सुपरस्टार रजनीकान्त पनि मुख्य भूमिकामा छन् । फिल्म भोली नोभेम्बर २९ मा रिलिज हुँदै छ ।