खेल

पोखरा प्रिमियर लिगः काठमाडौंद्वारा बुटवललाई १७३ रनको लक्ष्य

पोखरा प्रिमियर लिगः काठमाडौंद्वारा बुटवललाई १७३ रनको लक्ष्य

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले बुटवल ब्लास्टर्सलाई एक सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

 

 

टस जितेर ब्याटिङ रोजेको काठमाडौंले निर्धारित २० ओभर खेलेर ४ विकेटको क्षतिमा बुटवललाई एक सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको हो । 

 

 


काठमाडौंका लागि नरेश बुढाऐरले सर्वाधिक अविजीत ५८ रन बनाए । उनले पाँच छक्का र चार चौकाको मद्दतमा उक्त, रन बनाएका हुन् । 

 

 

 

यस्तै, जयकृष्ण कोसवालले ४२ रन, कप्तान ज्ञानेन्द् मल्लले अविजीत २५, पवन सफारले २२ रन, गौरव तोमार ११ र अमित श्रेष्ठले ४ रनको योगदान दिए । 

 

 

बुटवलका लागि विपिन खत्रीले २ विकेट, रोशन मुस्तफा र साम्सद शेखले १र १ विकेटको योगदान गरे। बुटवल ब्लास्टर्स ४ खेलमा ४ अंकसहित अंक तालिकाको दोस्रो स्थान र काठमाडौं रोयल्स ३ खेलमा ४ अंकसहित पाँचौ स्थानमा रहेको छ ।

पोखरा प्रिमियर लिग काठमाडौं रोयल्स बुटवल ब्लास्टर्स

विशेष