खेल

ललितपुरद्वारा ज्ञानेन्द्रको कप्तानीमा टोली घोषणा, सन्दीपले दुई खेल मात्र खेल्ने 

ललितपुरद्वारा ज्ञानेन्द्रको कप्तानीमा टोली घोषणा, सन्दीपले दुई खेल मात्र खेल्ने 

काठमाडौं । आउँदो मंसिर २२ गतेदिख सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि ललितपुर प्याट्रियसले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको छ । 

 

काठमाडौं आयोजित पत्रकार सम्मेलननमा क्लबले राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका मल्लको नेतृत्वमा तीन भारतीय खेलाडीसहित १८ जनाको नाम सार्वजनिक गरेको छ । 

 

घोषित टोलीमा कप्तान मल्लसहित भारतीय खेलाडी जय किशन कोल्शावाला, सन्नी पटेल र गौरब तोमार छन् ।

 

त्यसैगरी टोलीमा सन्दीप लामिछाने, ललित राजवंशी, सोनु तामाङ कुशल भूर्तेल, शंकर राना, रसिद खान, पवन सार्राफ, सन्दीप जोरा, नारायण जोशी, योगेन्द्र सिंह कार्की लगायत छन् । 

 

इपिएलका लागि ललितपुरले खेलाडीका लागि मात्र ३५ देखि ४० लाख खर्च गर्न लागेको जनाएको छ ।

 

खेलाडीको सबै सुविधाका लागि उनीहरुले अघिल्लो संस्करणको भन्दा झण्डै तेब्बर रकम खर्च भएको ललितपुर अध्यक्ष किशोर श्रेष्ठले बताए । 

 

सन्दीपले दुईवटा खेल मात्र खेल्ने 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने यतिबेला यूएईमा जारी टी–१० लिगमा व्यस्त छन् ।

 

उनले यही मंसिर २२ देखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) मा ललितपुर प्याट्रियट्सको प्रतिनिधित्व गर्नेछन् । 

 

तर अष्ट्रेलियाको बिग ब्यास लिगमा समेत सहभागिता जनाएका उनले इपिएलको सुरुआती दुई खेलमात्र खेल्ने भएका छन् ।

 

ललितपुर प्याट्रियट्सका अध्यक्ष महर्जनले पत्रकार सम्मेलनमा भने, ‘सन्दीपले मङ्सिर २२ मा विराटनगर वारियर्स र मङ्सिर २३ मा चितवन टाइगर्स विरुद्धको खलेमा मात्र सहभागीता जनाउनेछन् ।’ 

 

 

यही मङ्सिर २२ गतेदिख सुरु भई पुस ७ गते समापन हुनेछ । आयोजक एभरेष्ट प्रिमियर लिग प्रालिका अनुसार प्रतियोगितामा छ शहरका छ टोली विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौं किङ्ग्स ११, ललितपुर प्याट्रियस, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । 

एभरेष्ट प्रिमियर लिग ज्ञानेन्द्र मल्ल

विशेष