च्याम्पियन्स लिगः पीएसजीसँग लिभरपुल पराजित
एजेन्सी । लिभरपुल जारी च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पीएसजीसँग पराजित भएको छ ।
समूह ‘डी’ अन्तर्गतको खेलमा लिभरपुल पीएसजीसँग पराजित भएको हो ।
पीएसजीका लागि हुवान बर्नाट र नेयमारले एक गोल गरे । ३७औं मिनेटमा नेयमारले पीएसजीको अग्रता २–० मा लम्ब्याए ।
पहिलो हाफको इन्ज्युरी समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै जेम्स मिल्नरले लिभरपुललाई खेलमा फर्काएका थिए । तर बाँकी समयमा गोल हुन नसक्दा लिभरपुल पराजित भयो ।
पराजयको बावजुत लिभरपुलको नकआउट चरणमा पुग्न आशा कायमै छ । समूह सीमा लिभरपुल ६ अंक सहित तेस्रो स्थानमा छ भने पीएसजी आठ अंक सहित दोस्रो स्थानमा छ ।