‘केटाजस्तो बन्न तीन महिना तालिम लिएँ’ — करण जोहर
एजेन्सी । बलिउड निर्माता तथा निर्देशक करण जोहरले एक कार्यक्रममा आफ्नो जिन्दगीसँग जोडिएको अनौठो रहस्यबारे खुलासा गरेका छन् । आफू बच्चा हुँदा धेरैले आफ्नो मजाक उडाउने गरेको उनले बताए । धेरैले उनलाई उनी तँ केटी जसरी हिँड्छस् र केटीजसरी नै रून्छस् भन्ने गर्थे ।
अगाडि उनले भने, ‘केटा बन्नको लागि मैले ३ वर्ष तालिम लिएँ । बुबासँग झुठो बोलेर म तालिन लिन जान्थें ।’ करणको जीवनमा एक समय यस्तो पनि भयो जब आवाजको कारण उनलाई मानिसको भनाई सुन्नुपथ्र्यो ।
करणले भने, ‘म यो सुनेर हुर्किएँ कि, केटी जसरी नहिँड्, उनीहरूको जसरी नाच्न बन्द गर आदि । कति पटक त मानिसहरू मलाई मेरो आवाज केटीको जस्तै छ भनेर भन्थे । यस्तो भनाई सुनेर म यति धेरै दिक्क भएको थिए कि, १५ वर्ष वर्षको उमेरमै म आफ्नो उपचार गराउन डाक्टरकोमा गएको थिएँ ।’
त्यतिबेला आफ्नो आवाज परिवर्तन गराउन करण स्पीच थेरापिस्टकोमा गए र उनलाई आफ्नो आवाज फेरिदिन भने । यसको लागि उनले तालिम लिए र ३ वर्षसम्म आवाज परिवर्तन गर्न सिके । उक्त समय उनको लागि निकै खराब थियो । ट्रेनिङ लिनकै लागि उनी बुबासँग झुठो बोल्थे । बुबालाई आफू ट्युसन पढ्न जाने बताउथे । किनकी उनी आफू केटा बन्न जाँदै छु भनेर बुबालाई भन्न सक्थेनन् ।
घरमा उनलाई कसैले पनि तँ केटीजस्तो भइस् भनेर भन्थेनन् । तर घरबाट बाहिर निस्किसकेपछि अन्य बच्चा र स्कुलमा आफू भन्दा ठूलाले उनको खुब मजाक उडाउथे । स्कुलमा मजाकको पात्र बनेकै कारण उनले खेलकुदमा भाग लिन छोडिदिए । उनको हात खुट्टा अन्य केटाकोजस्तो थिएन । उनी जब बोल्थे उनको आवाज सुनेर सबै गललल्ल हाँस्थे ।
यति सब हुँदा पनि उनका बाबुआमाले भने कहिल्यै गुनासो गरेनन् ।