‘तीन वर्ष अघि नै दीपिकासँग विवाह गर्न चाहन्थें, मात्र उनले स्वीकार गर्न बाँकी थियो’
एजेन्सी । दीपिका पादुकोण र रणवीर सिंहले १४ र १५ नोभेम्बरमा इटालीस्थित लेक कोमोमा विवाह गरे । दुई रितिरिवाजमा भएको विवाहपछि हाल उनीहरू विवाहको पार्टीमा व्यस्त छन् । यसबीच रणवीरले भारतीय सञ्चारमाध्यममा दिएको एक अन्तर्वार्तामा दीपिकासँगको प्रेम सम्बन्धबारे बताएका छन् ।
उनले आफूलाई तीन वर्ष अघि नै दीपिकासँग विवाह गर्न मन भएको बताए । मात्र दीपिकाले स्वीकार गर्न बाँकी थियो । दीपिकासँग प्रेम सम्बन्धमा भएको ६ महिनामा नै उनलाई लागिसकेको थियो कि, उनी आफ्नो पूरा जिन्दगी दीपिकासँग बिताउन चाहन्छन् । उनले थपे, ‘म चाहन्थें कि, दीपिका मेरा बच्चाका आमा बनून् । पछिल्लो तीन वर्षदेखि म विवाहको बारेमा सोचिरहेको थिएँ । मात्र दीपिकाको स्वीकारको प्रतिक्षामा थिएँ । मैले सोचिसकेको थिएँ कि, जतिबेला दीपिकाले प्रस्ताव स्वीकार गर्र्नेछिन् म विवाह गरिहाल्छु ।’
भारतलाई छोडेर इटालीमा विवाह गर्नुको कारण खुलाउँदै उनले भने, ‘म त्यही गर्न चाहन्थें जुन दीपिका चाहन्थिन् । विवाहलाई लिएर उनको आफ्नै सपना थियो । म यही चाहन्थें कि उसको सबै सपना पूरा होस् । उनी जस्तो चाहिन्थन् सबै त्यस्तै भयो । म खुशी हुन चाहन्छु र दीपिकाको खुशी नै मेरो खुशी हो ।’