मुख्य समाचार

निर्मलाको पक्षमा न्याय माग्दा पाँच पक्राउ

निर्मलाको पक्षमा न्याय माग्दा पाँच पक्राउ

काठमाडौं । निर्मला पन्तको न्याय र एसिया प्यासेफिकको विरोधका लागि प्रदर्शनमा उत्रीएका नेवीसंघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । माइतिघर मण्डलामा कोण सभाको तयारी गरिरहेको वेला उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा नेवी संघका केन्द्रिय सदस्य रघु कार्की सहित मञ्जु पुडासैनी, मनिका खतिवडा, लक्ष्मी दाहाल र राजु सुनार रहेका छन् ।


 ‘नेपाली छोरी निर्मलालाई न्याय देउ सरकार, अनि जिससकी छोरीलाई चढाउँला फूलमाला’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरीरहेका थिए । एक गैरसरकारी संस्थाले एसिया प्यासेफिक समिट गर्दैछ । सो समिटमा जिससकी छोरी घोषणा गर्ने कार्यक्रम तय भएको छ । 
 

विशेष