समाज

कपिलवस्तुको गोरुसिंगेमा बस दुर्घटना, १५ घाइते

कपिलवस्तुको गोरुसिंगेमा बस दुर्घटना, १५ घाइते

काठमाडौं ।  पूर्व–पश्चिम राजमार्ग अन्र्तगत कपिलवस्तुको बुद्धभूमि नगरपालिका गोरुसिंगे नजिकै बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । दुर्घटनामा परि बस चालक २८ वर्षीय रमेश पुन गम्भीर घाइते भएका छन् । 

 

 

 

कृष्णनगरबाट बुटवलतर्फ जांदै गरेको लु १ ख ५८३३ नम्बरको बस गोरुसिंगेबाट पूर्वतर्फ जंगल किनारमा पल्टिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार घाइतेमध्ये ८ जनालाई जितपुरमा उपचारपछि घर पठाइएको छ भने बाँकी  ७ जनालाई थप उपचारका लागि बुटवल पठाइएको  छ । 
 

विशेष