चौतर्फी विरोधपछि जोर–विजोर प्रणाली हट्यो
काठमाडौं । उपत्यकामा मंसिर १३ गते देखि १६ गते सम्म लागू भएको जोर–जिवोर प्रणाली हट्ने भएको छ । चौतर्फी विरोधपछि शुक्रबारबाटै जोर–जिवोर प्रणाली हट्ने भएको हो ।
गृहमन्त्रालयको निर्देशनमा ट्राफिक प्रहरी महाशाखाले सूचना जारी गर्दै शुक्रबार बिहान ११ः३० बजेबाट जोर– विजोर प्रणाली हटाइने जनाएको छ ।
सरकारले उपत्यकामा चल्ने सवारीसाधनमा बिहीबारबाट लागू गरेको जोर–बिजोर प्रणालीका कारण यात्रुले निकै सास्ती खेप्नुपरेको थियो ।
अन्य दिनभन्दा आधा मात्रै सार्वजनिक यातायातका साधन सञ्चालन हुँदा समयमै कार्यालय पुग्नुपर्ने कर्मचारी, अस्पताल जान हिँडेका बिरामी, कलेजबाट फर्केका विद्यार्थी, मन्दिर हिँडेका तीर्थयात्रीलगायत अन्य सर्वसाधारण कष्टकर यात्रा गर्न बाध्य भएका थिए ।
जोर–विजोर प्रणाली