मनोरञ्जन

रजनीकान्तको फिल्म ‘२.०’ लिक

रजनीकान्तको फिल्म ‘२.०’ लिक

काठमाडौं ।  साउथ सुपरस्टार रजनीकान्त र अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘२.०’ प्रदर्शनमा आएको केही घण्टा भित्रै अनलाइनमा लिक भएको छ । फिल्म नोभेम्बर २९ मा प्रदर्शनमा आएको हो । 

 

 

फिल्म ‘२.०’ तमिलरकर्स नामक एक वेबसाइटमार्फत लिक भएको हो । लिक पश्चयात पिाइरेटेड वेबसाइट तमिलकरर्स आफैंले फिल्म निर्मातालाई चेतावनी दिँदै फिल्म ‘२.०’ लिक भएको जानकारी दिएको थियो । 

 

 

फिल्म लिक भएसँगै यसका निर्माताहरुलाई घाटा हुन सक्ने देखिन्छ । 


यसैबीच अभिनेता अक्षय कुमारले फिल्म निर्माताहरुलाई घाटा हुनबाट बचाउनका लागि आफ्ना फ्यानहरुलाई अनलाइनमा लिक भएको फिल्म नहेर्न अनुरोध गरेका छन् । 


फिल्म निर्माण यूनिटले फिल्मको छायांकनको बेलादेखि नै फिल्मका कुनै पनि जानकारीहरु, तस्बिर र भिडियोहरु लिक नहोस् भनेर धेरै सावधानी अपनाएको थियो ।

विशेष