समाज

विद्युत् चोरी गर्ने २६ जना पक्राउ

विद्युत् चोरी गर्ने २६ जना पक्राउ

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युत् चोरी गर्ने २६ जनालाई शुक्रबार बिहान पक्राउ गरेको छ । 

 

 

वितरण केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।  विद्युत् चोरी गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा टोलीले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही प्रक्रिया अघि बढाएको बताइएको छ ।

 

सो क्रममा चार थान विद्युत् मिटर, दुई थान पङ्खा, एक थान टेलिभिजन र एक थान रन्दा मेसिन (काठको काम गर्ने) लगायतका समान समेत बरामद गरिएको छ । 

 

 

पक्राउ गरिएका सबैमाथि विद्युत् चुहाबट ऐन अन्तर्गत कारवाही गरी जरिवानाबापत रु दुई लाख २६ हजार राजश्व सङ्कलन भएको  केन्द्रका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिएका छन् । 
 

विशेष