समाज

लागुऔषधसहित युवक पक्राउ 

लागुऔषधसहित युवक पक्राउ 

सिरहा । प्रतिबन्धित लागुऔषधसहित शुक्रबार बिहान सिरहा बरियारपट्टी– १ बाट एक युवकलाई पक्राउ गरेको छ । प्रहरीचौकी कचनारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा स४प ६७९२ नं को मोटरसाइकलबाट प्रतिबन्धित लागुऔषधसहित लहान नगरपालिका–२ का २१ वर्षीय मोहम्मद मुर्तुजालाई पक्राउ गरेको हो । 

 

 

 

पक्राउ परेका मुर्तुजाको साथबाट प्रतिबन्धित लागुऔषध डिलक्स सिसी १०० एमएलको २४ बोतल बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए । 
पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा पठाइएको छ ।

विशेष