कोलम्बसले पहिलो पटक देखे डोमिनिका
सन् १४९३ नोभेम्बर ३ मा क्रिष्टोफर कोलम्बसले पहिलोपटक डोमिनिका टापु देखेका थिए । क्यारेबियन सि र नर्थ एटलान्टिक समुद्रको बीचमा यो मुलुक पर्छ । अहिले यो देशको औपचारिक नाम कमनवेल्थ अफ डोमिनिका हो । यो देशको जनसंख्या एक लाख भन्दा कम छ ।