मुख्य समाचार

विराटनगर आइपुग्यो भारतीय रेलको इन्जिन

विराटनगर आइपुग्यो भारतीय रेलको इन्जिन

मोरङ । विराटनगरमा पहिलो पटक भारतीय रेल पुगेको छ । भारतको बथनाहाबाट विराटनगरको बुद्धनगर(१८ सम्म बिछ्याइएको रेल्वे लिकको परिक्षणका लागि पहिलोपटक भारतीय रेलको इन्जिन विराटनगर आइपुगेको हो । 

 

 

भारतको रेल्वे विभागका इन्जिनियरिङ र निर्माण कम्पनीको टोलीले रेलमार्ग निर्माणको केही समय अघि जाँच गरेसँगै आइतबार परिक्षण स्वरुप यहाँसम्म रेल गुडाइएको हो । 

 

 

भारत सरकारले मोरङको कटहरीसम्म ब्रोडगेज रेलमार्ग निर्माण गरिदिने नेपाल सरकारसँग भएको सम्झौताअनुसार निर्माण कार्य गरेको थियो। 

 

 

 

भारत सरकारले ४ अर्ब ४८ करोडको लागतमा बथनाहादेखि कटहरीसम्म रेलमार्ग निर्माण गरेको हो। नेपाल सरकारले जग्गा उपलब्ध गराउने र भारत सरकारले भौतिक पूर्वाधारलगायतको काम गरिदिने गरी द्विपक्षीय सम्झौता भएको थियो।

 

 


रेलमार्ग निर्माणका ठेक्का पाएका इरकोण इन्टरनेसनल फार्बिसगन्ज, भारतले यसअघि नै अक्टोबरसम्ममा विराटनगर रेल आइपुग्ने बताएको थियो।

मोरङ भारतीय रेल

विशेष