मुख्य समाचार प्रदेश ७

निर्मला हत्या प्रकरणः अनिश्चितकालीन धर्ना बस्ने परिवारको तयारी

निर्मला हत्या प्रकरणः  अनिश्चितकालीन धर्ना बस्ने परिवारको तयारी

कञ्चनपुर । एक साताभित्र हत्यारा पक्राउ नपरे अनिश्चितकालिन धर्ना बस्ने निर्मला पन्तको परिवारले घोषणा गरेको छ । 

 

 

बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तका परिवारले आइतबार पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो । 

 


‘कात्तिक २५ गतेसम्म वास्तविक हत्यारा सार्वजनिक हुन्छन्, की हुन्न हेर्छौं’, पत्रकार सम्मेलनमा निर्मलाका बुवा यज्ञराज पन्तले भने, ‘२५ गतेसम्म पनि सरकारले निर्मलाका हत्यारा सार्वजनिक नगरे अनिश्चितकालिन धर्ना सुरु गर्छौं ।’  उनले जिल्ला प्रशासन कार्यालयमा आफू परिवारसहित अनिश्चितकालिन धर्नामा बस्ने घोषणा गरेका हुन् ।  

कञ्चनपुर निर्मला पन्त

विशेष