मुख्य समाचार

हुम्लामा कार्तिकमै हिमपात, तापक्रम माइनस ६ डिग्री

हुम्लामा कार्तिकमै हिमपात, तापक्रम माइनस ६ डिग्री

हुम्ला । विगत वर्षमा हिमाली हुम्लामा पुष महीनाबाट हिमपात सुरु हुने हुम्लामा यो पटक भने कार्तिकमै हिमपात सुरु भएको ।  आइतबार बिहानबाट जिल्लाका उच्च हिमाली भेगमा हिमपात सुरु भएको हो । 

 

 

हिमपातसँगै हुम्लामा चिसो बढ्दै गएको छ भने तापक्रम माइनसमा झरेको छ । शनिबार दिउँसोबाट आकाशलाई बादलले ढाकेको थियो भने आइतबार बिहान ७ बजेबाट हुम्लामा हिमपात हुन थालेको हो ।

 

 

यो वर्ष कात्तिकमा परेको हिमपातले बालीनाली घर नभित्र्याएका कारण किसान चिन्तित बनेका छन् । कात्तिकमा परेको हिमपातले फलफूलमा समेत असर पुग्ने भएको सिमकोट निवासी कमल भण्डारीले बताए । आइतबार सिमकोटको तापक्रम माइनस ६ डिग्रीमा झरेको छ ।

हिमपात हुम्ला

विशेष