मुख्य समाचार

तुलाधरको निधनले राष्ट्रलाई ठूलो क्षतिः अध्यक्ष प्रचण्ड

तुलाधरको निधनले राष्ट्रलाई ठूलो क्षतिः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार दिवंगत भएका मानवअधिकारकर्मी एवं नागरिक आन्दोलनका अगुवा पद्यरत्न तुलाधरप्रति नर्भिक अस्पतालमा पुगी श्रद्धाञ्जली अर्पण गरेका छन् ।

 

 

अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै तुलाधरको असामयिक निधनले राष्ट्रलाई ठूलो क्षति भएको बताए । उनले भने, ‘उहाँले जनआन्दोलन र सांस्कृतिक आन्दोलनमा खेलेको भूमिका ऐतिहासिक छ । 

 

 

अझै उहाँले नेपालको शान्ति प्रक्रियाका लागि वातावरण बनाउन मध्यस्तकर्ताका रुपमा खेल्नु भएको महत्वपूर्ण भूमिका इतिहासले सधै सम्झिरहने छ । 

 

 

हामीले अभिभावक गुमाएका छौं । नेपालको मावन अधिकारको आन्दोलन तथा वामपन्थी आन्दोलनमा उहाँले पुुर्याउनु भएको योगदान इतिहासमा स्मरणीय रहने छ ।’

 

 

त्यसैगरी अध्यक्ष प्रचण्डले एक शोक विज्ञप्ति जारी गर्दै पञ्चायत बिरोधी आन्दोलन, लोकतान्त्रिक आन्दोलन हुँदै शान्तिप्रक्रिया र संविधान निर्माणमा तुलाधरले खलेको महत्वपूर्ण भूमिका सदा स्मरणीय रहेको बताए ।

पुष्पकमल दाहाल पद्यरत्न तुलाधर

विशेष