मनोरञ्जन

सलमान किन खुसी छैनन् बिग बस कन्टेस्टेन्टसँग ?

सलमान किन खुसी छैनन् बिग बस कन्टेस्टेन्टसँग ?

एजेन्सी । ब्रोडकास्ट अडिसन रिसर्च काउन्सिलिङ (BARC) को ४३ औं रेटिङको सूचीबाट बिग बस बाहिरिएको छ । टप २० सम्मको रेटिङमा नागिन ३, कुन्डली भाग्य, ये रिश्ता क्या कहलाता है, कुल्फी कुमार बाजेवाला र कुमकुम भाग्य जस्ता सिरियलहरू पर्न सफल भएको छ ।

 

तर, सलमान खानले गर्नेगरेका चर्चित सो बिग बस सिजन–१२ यस वर्ष टप २० मा राम्रो ठाउँ लिन सफल भएको छैन । सोको रेटिङ दिनहुँ घट्दै गएकोले सलमान तथा मेकर्स चिन्तितमा छन् । सुधार्नको लागि मेकर्सले हालसम्म सबै प्रयास गरिसके तर पनि खासै सोलाई उकाल्न सफल हुनसकेका छैनन् ।

 

यहाँसम्म की सलमानले भिवर्स तान्न एक्स कन्टेस्टेन्टदेखि पुराना विजेता (मेघा धाडे) समेतलाई सोमा बोलाए । पुरानो विजेतालाई सोमा बोलाउनु इतिहासमै यो पहिलो पटक भएको हो । तर पनि यसपाली सोले दर्शकहरूलाई तान्न तथा टिआरपी बढाउन असफल भएको छ । 

 

सोका मेकर्स चाहन्छन्, सोको रेटिङ बढाउन अब सलमानले नै आफ्नो बुद्धि विवेक प्रयोग गरेर केहि चमत्कार गरुन जसले गर्दा पुनः दर्शकका अटेन्सन तान्न सकियोस् । हालको रेटिङले गर्दा मेकर्स पनि चिन्तित रहेका छन् । अर्का तर्फ घर भित्र रहेका कन्टेस्टेन्टका पर्फर्मेन्सले सलमान खुसी देखिएका छैनन् । चैनलले होस्टबाटै चमत्कार आओस भन्ने आशा गर्दै छन्, जुन सलमानलाई अच्चम पनि लागिरहेको छ । 

 

भारतीय सुत्रका अनुसार चैनल र सलमानले सोको टिआरपी चार्टमा पुनः नम्बर वानमा ल्याउन केहि नयाँ तयारीमा जुटेका जानकारी गराए । जसको लागि ‘ब्रेन स्टोर्मिङ सेशन’को योजना बनाइन्दै छ । सोका कन्टेस्टेन्ट इन्टरटेनिङ छैनन्, जसको कारण होस्ट सलमानपनि दुखि देखिन्छन् ।

 

जबसम्म कन्टेस्टेन्टहरूले कुनै ड्रामाको सुरुवात गर्दैनन् तबसम्म सलमानले चाहेर पनि च्यानलको आशा पुरा गर्न सक्दैनन् । केहि भारतीय सुत्रका अनुसार यस वर्षको सिजनमा सलमानले पुरानो सिजन झै खासै रूची नदेखाए बताए । सलमानले पुराना कन्टेस्टेन्टसँग छलफल गर्दै सोध, ‘दर्शक किन यस वर्ष सोसँग जुड्न नसकेका ?’ पूर्व विजेताहरूले सलमानका प्रश्नको उत्तर यस प्रकार दिए । 

 

गौतम गुलाटी–बिग बस सिजन ८ विजेता

म हरेक एपिसोड आफ्नो आमासँग बसेर हेर्ने गरेको छु । मेरी आमाले भन्नुभयो, तिमी रहेका एपिसोड निकै रोमान्चिक तथा हसाउने थियो तर यसपालीको सो खासै रमाइलो छैन् । मेरी आमाले मात्र होइन मलाई थुप्रैले यो कुरा भनेका छन् ।

 

मैले पनि सो हेर्दा महसुस गरे सबै जना आफुलाई सेफ जोनमा मात्र राख्न खोजको छन् । कसैले पनि कुनै कार्यलाई लिएर महत्वपूर्ण कदम चाल्न नखोजेको देखिन्छ । यसमा सबै आफुलाई कसरी बचाउने तिर मात्र लागेका छन् जुन खेलको सही तरीका होइन । यो सो पुरानो सिजन झै रोमान्चिक पक्कै छैन् । 

 

प्रिंस नरुला–बिग बस सिजन ९ विजेता 

मैले केहि सिजन हेरे पछि मैले महसुस गरेकी सोमा हरेक व्यक्ति बिना कारण नै एक अर्कासँग झैझगडा गरिरहेका छन् । अटेन्सनको लागि झगडा गर्न त ठिकै हो तर हरेक समय नै झगडा मात्र गर्नु ठिक होइन । सोमा गरिएको मित्रता पनि झुटो देदिन्छ ।

 

यस वर्षको सोमा त कुनै मस्ती, रमाइलो, प्रेम र इन्टरटेन्मेन्ट केहि पनि छैन् । कन्टेस्टेन्टहरू सायद बिर्सिसकेका छन् कि उनीहरू यहाँ सो जित्नसँगसँगै दर्शकलाई इन्टरटेन पनि गर्न आएका हुन । कुनैपनि कन्टेस्टेन्ट इन्टरटेनिङ छैनन् । 
 

सलमान खान बिग बस सीजन–१२

विशेष