पीपीएलः चितवन फाइनलमा प्रवेश, काठमाडौं ६ विकेटले पराजित
काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) सेमिफाइनलको खेलमा चितवन राइनोज विजयी भएको छ । उसले काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै विजयी भएको हो ।
यो जितसँगै चितवन फाइनमा पोखरा पलत्नसँग भिड्ने भएको छ । ९४ रनको समान्य लक्ष्य पछ्याउने क्रममा चितवनले ४ विकेटको क्षतिमा १८.२ ओभर खेल्दै ९५ रन बनाएको हो ।
यसअघि टस जित्दै ब्याटिङ रोजेको काठमाडौंले सबै विकेट गुमाइ ९४ रनको सामान्य योगफल बनाएको हो । काठमाडौंका लागि ओपनर जयकृष्ण कोल्सावालाले २५ रन र कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३१ रनको योगदान गरे । काठमाडौंका अन्य ब्याट्सम्यानले दोहोरो अंकसम्म जोड्न सकेनन् ।
उत्कृष्ट बलिङ गर्ने क्रममा चितवनका लागि सन्नि पटेलले ३ विकेट, समित पटेल र भुवन कार्कीले समान २-२ विकेट लिए । कप्तान पारस खड्का र करण केसीले समान १-१ विकेट लिए । चितवनले मंगलबार हुने फाइनल खेलमा घरेलु टोलि पोखरा पल्टनको सामना गर्ने छ ।
पोखरा प्रिमियर लिग