मनोरञ्जन

‘पहिलो पत्नीसँग १६ वर्ष पुरानो सम्बन्ध तोड्नु दर्दनाक थियो’

‘पहिलो पत्नीसँग १६ वर्ष पुरानो सम्बन्ध तोड्नु दर्दनाक थियो’

एजेन्सी । बलिउड अभिनेता आमिर खानले एक अन्तर्वार्तामा आफ्ना जिन्गदगीका कयौं गोप्य किस्साबारे बोलेका छन् । 

 

अन्तर्वार्ताको क्रममा आमिर आफूले श्रीमतीसँग धेरै झुटो बोल्ने गरेको पनि बताए । पहिलो श्रीमती रिता दत्तको बारेमा पनि उनले खुलेर कुरा गरेका थिए । आमिरको रिना दत्तसँगको वैवाहिक सम्बन्ध १६ वर्षसम्म चल्यो । जब दुवैले अलग हुने निर्णय लिए, यो दुवैको लागि निकै दर्दनाक थियो । दुवैको परिवार ठूलो ट्रमामा गुज्रिएका थिए । 

 

सम्बन्ध टुटेपनि रिनाप्रतिको प्रेम र सम्मान अझै खतम नभएको उनले बताए । आमिर रिनालाई धेरै राम्रो व्यक्ति मान्छन् । उनीसँग बिताएको १६ वर्षको सम्बन्धलाई उनी आफ्नो भाग्यशाली समय मान्छन् आमिर । रिना र किरण बीचको सम्बन्धलाई लिएर आमिरले यी दुवै बीचको सम्बन्ध सुधार्नका लागि कहिल्यै केही गर्नुनपरेको बताउँछन् । 

आमिर खान

विशेष