कभर स्टोरी

कारबाहीबाट बच्न धरान छाडेर रौनियार काठमाडौंमा ढोका–ढोका चहार्दै

कारबाहीबाट बच्न धरान छाडेर रौनियार काठमाडौंमा ढोका–ढोका चहार्दै

विराटनगर । ठूलो परिमाण खरिद प्रक्रियामा व्यापक अनियमितता गरी करोडांै रुपयाँ घोटाला गरेको अभियोगमा छानविनमा परेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियार यतिवेला कारवाहीवाट वच्न दौडधुप गरिरहेका छन् । 
 

 

डा. रौनियार करोडौ रुपैयाँ लिएर काठमाडौंका केही शक्ति केन्द्रहरुमा पुगेको स्रोतको दावी छ । मुटुरोग परीक्षण र एमआरआई मेसिन लगायतका उपकरण खरिद प्रक्रियामा रौनियारले भ्रष्टाचार गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री कार्यालयले समेत छानविन गरिरहेको छ । 
 

डा रौनियारले केही कर्मचारीलाई दबाब र प्रभावमा लिएर प्रतिष्ठानको नियम विपरित प्रक्रियावाहिर गएर टेण्डर स्वीकृत गर्ने, प्रतिष्ठानका पदाधिकारीलाई सुइको नै नदिइ ठेकेदारहरुसँग अपवित्र साँठगाँठ गर्ने, प्रतिष्ठान बाहिर गएर वैंक खाता संचालन गर्ने गरिरहेको स्रोतको दावी छ । 
 

 

उनको विरोध गर्ने वा नियम र प्रक्रियाको कुरा गर्ने कर्मचारी र विभागीय प्रमुखहरुलाई कारबाही गर्ने धम्की दिने र प्रभावमा पार्ने गरिरहेका छन् । पछिल्लो समय उनले प्रतिष्ठानका कर्मचारीलाई जथाभावी सरुवासमेत गरेका छन् । जसले गर्दा कर्मचारीहरु उपकुलपति रौनियारसँग रुष्ट भएका छन् । उनले एकल निर्णयवाट कर्मचारीलाई योग्यता क्षमता र आवश्यकता भन्दा पनि आफ्नो पक्ष वा विपक्षका आधारमा सरुवा गरेका छन् । अझ रमाइलो कुरा त के छ भने सरुवामा समेत प्रक्रिया पु¥याइएको छैन । जुनियर कर्मचारीको सरुवा पत्रमा समेत उनले आफै हस्ताक्षर गरेर हास्यको पात्र वनेका छन् । 
 

 

प्रतिष्ठानका उपकुलपति डा रौनियारले आफु निकटका व्यक्तिहरुलाई प्रभावमा पारी प्रतिष्ठानका अन्य पदाधिकारीलाई दबाबमा पार्ने,जथाभावि स्पष्टिकरण सोध्ने,अन्य पदाधिकारीको प्रत्यायोजन गर्नुपर्ने अधिकारसमेत आफैले राख्ने र त्यसको चरम दुरुपयोग गर्ने गरिरहेका छन् । 
 

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक पटक सोधेको स्पष्टिकरण दिनुको सट्टा उनले आफैले गरेको टेण्डर प्रकृयासमेत रातारात रद्दसमेत गर्दै आइरहेका छन् । उपकुलपति रौनियारले प्रतिष्ठान भित्र अस्वस्थ वातावरण सिर्जना गरी कर्मचारीलाई काम गर्न नसक्ने अवस्थामा पु¥याएका छन् । उनले कर्मचारीलाई निरुत्साही वनाउने र पक्ष वा विपक्षमा उभिनुपर्ने वातावरण तयार गरेका छन् ।  जसले गर्र्दा सेवाग्राही र नियमित काम कारबाहीमा समेत असर परिरहेको छ । 
 

 

उपकुलपति डा रौनियारको कारण  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शाख क्रमशः गिर्दै गइरहेको छ भने चरम राजनीतिक र भ्रष्टाचारी प्रवृत्तिले बद्नामसमेत भइरहेको छ । 
 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ४१ औ सञ्चालक परिषद्को वैठकले प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा प्रतिष्ठानमा भएको अनियमितताको अध्ययन गर्न छानविन समिति गठन गरेको थियो । 
 

केही शक्ति केन्द्रको आडमा डा. रौनियारले छानविन समितिलाई समेत अभद्र व्यवाहार गरेका थिए । उनले आफुले ती शक्ति केन्द्रलाई समेत प्रभावमा पारी प्रतिवेदन तयार गरको भन्ने आलोचना भएपछि प्रधानमन्त्री कार्यालयले अहिले प्रतिष्ठानका सह सचिव तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संयोजकत्वमा तीन सदस्य छानविन समिति गठन गरी छानविन गरिरहेको छ ।
 

 

समितिले डा रौनियारले गरेको अनियमितताको वारेमा प्रतिवेदन पेश गरेपछि कारबाहीमा परिने डरले उनी अहिले काठमाडौका केही शक्ति केन्द्रहरुमा धाइरहेका छन् । उनले कसैलाई प्रभावमा पार्न सकिन्छ कि भनेर मौका खोजीरहको स्रोतको दावी छ । 
यससम्बन्धमा रौनियारसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल नम्बर अफ थियो । 
 

विशेष