खेलाडीलाई जीवनभर भत्ताको व्यवस्था हुन्छः मन्त्री विश्वकर्मा
कैलाली । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सरकारले खेलाडीका लागि जीवनभर भत्ताको व्यवस्था गरिरहेको बताएका छन् ।
सोमबार जिल्लाको लम्कीमा आयोजित एक कार्यक्रममा मन्त्री विश्वकर्माले यस्तो बताएका हुन् । उनले खेलाडीले देशका लागि खेल्ने वातावरण बनाउन सरकारले भत्ता लगायतका प्रयास गरिरहेको बताए ।
सो अवसरमा लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाईंले नगरपालिका खेल क्षेत्रको बिकासका लागि ६ बुदे ज्ञापनपत्र बुझाएका थिए ।
जगतबहादुर विश्वकर्मा भत्ता खेलाडी