मुख्य समाचार

भारतीयलाई नेपाली नागरिकता दिलाउन खोज्ने १६ विरुद्ध मुद्दा

भारतीयलाई नेपाली नागरिकता दिलाउन खोज्ने १६ विरुद्ध मुद्दा

विराटनगर ।  भारतीय नगरिकलाई सिफारिस नेपाली हो भनेर सिफारिस गर्ने  विराटनगर १ नम्बर वडाका अध्यक्ष उद्धब अर्यालसहित १६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

 

आइतबार सरकारी वकिलको कार्यालयले मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । झुठो विवरणमा सिफारिस गर्ने वडा अध्यक्ष अर्याल वडा सदस्य रमेश शाह र वडा सचिव पुष्पा तिम्सिनासहित आफ्ना छोराहरु हुन भनेर झुठा विवरण पेश गर्ने मोरङ कटहरी गाप १ का ५५ बर्षीय सत्यनारायण पोद्दारसहित नागरिकता लिने सात जना भारतीय नागरिक र झुठो विवरणमा सर्जमिन गर्ने पाँच जना नेपाली नागरिकविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको हो ।

 

उनीहरु सबैलाई अलग अलग ६ वटा अभियोग तयार गरि झुठा विवरण पेश गरि नेपाली नागरिकता लिएको कसुर अपराधमा अभियोग पत्र अदालतमा दर्ता गरिएको मोरङ अदालतले जनाएको छ ।
 

विशेष