खेल

 पाकिस्तानका बाबरले तोडे विराटको किर्तीमान !

 पाकिस्तानका बाबरले तोडे विराटको किर्तीमान !


काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान विराट कोहलीको कीर्तिमान पाकिस्तानका क्रिकेटर बाबर हजामले तोडेका छन् ।

 

 

उनले सबैभन्दा छिटो एकहजार रन बनाउने खेलाडीको सूचीमा विराटलाई पछि पारेका हुन् । बाबरले आइतबार न्युजिल्याण्डसँग भएको खेलमा ७९ रन प्रहार गर्दै २६ खेलमा नै एकहजार रन बनाउन सफल भए ।

 

 

आइतबारको खेलसँगै कम खेलमै एकहजार रन बनाउने खेलाडीको सूचीमा बाबर पहिलो स्थानमा उक्लीन सफल भएका छन् ।

 

 

भारतीय कप्तान कोहलीले २७ खेलमा हजार रन पूरा गरेका थिए । बाबरको यो रेकर्डसँगै पाकिस्तानले अर्को किर्तीमानसमेत बनाएको छ ।

 

विपक्षीको दशै विकेट लिने रेकर्ड पनि पाकिस्तानले लम्ब्याएको छ । अहिलेसम्म पाकिस्तानले ३१ पटक विपक्षीको सबै विकेट लिन सफल भयो । यसअघि अष्ट्रेलियाले १९ पटक लिएको छ ।

 


आइतबार भएको न्युजिल्याण्ड विरुद्धको तेस्रो तथा अन्तिम टी–ट्वेन्टी खेलमा पाकिस्तान ४७ रनले विजयी भएको थियो । जसका कारण पाकिस्तानले तीन खेलको श्रृखंलामा ह्वाइट वास गरेको छ । 

 


यूएईमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ६६ रन बनायो । उसका लागि बाबर अजामले ७९ रन बनाए भने मोहम्मद हफिजले ५३ तथा सोयव मलिकले १९ रन बनाए ।

 

 

जवाफमा न्युजिल्याण्ड १६ ओभर ५ बलमा एक सय १९ रन बनायो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा कप्तान केन विलियम्सनले सर्वाधिक ६० रन बनाए भने ग्लेन फिलिप्सले २६ रन बनाए ।

 

 

बाँकि खेलाडी सस्तैमा आउट भए । न्युजिल्याण्डलाई सस्तैमा आउट गर्न सादाव खानले तीन तथा इमाद वासिम र वकास मक्सुदले दुई दुई विकेट लिए । 

विराट कोहली बाबर हजाम

विशेष