मुख्य समाचार

कुकुरको विशेष पूजा गरी आज कुकुर तिहार मनाइँदै

कुकुरको विशेष पूजा गरी आज कुकुर तिहार मनाइँदै

काठमाडौं । कार्तिक कृष्ण चर्तुदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन मंगलबार कुकुर तिहार मनाइँदै छ ।

 

 

कुकुरलाई यमदूतको रुपमा मान्ने शास्त्रीय परम्परा छ । खासगरी कुकुरले घरको रेखदेख गर्ने विश्वास गरिन्छ । कुकुर तिहारलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई मन पर्ने खाना खुवाएर पूजा गरी माला लगाइदिने प्रचलन छ ।

 

 

कुकुरलाई आज्ञापालक एवं रक्षक मानिनुका साथै विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययनअनुसन्धानका कार्यमा कुकुरको प्रयोग गरिन्छ । कुकुरले प्राकृतिक विपत्तिको पूर्वसंकेत दिने विश्वास गरिनुका साथै यसलार्इ भैरवको बाहन पनि भनिन्छ

कुकुर तिहार कार्तिक कृष्ण चर्तुदशी

विशेष