मुख्य समाचार

काठमाडौंमा चिसो बढ्यो, तापक्रम ७ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौंमा चिसो बढ्यो, तापक्रम ७ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौं । उपत्यकामा मंगलबार यो वर्षको कम तपाक्रम मापन गरिएको छ । यहाँको बिहानको तापक्रम ७ डिग्री सेल्सियसमा झरेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । 

 

 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको तापक्रम सोमबार ८ डिग्री सेल्सियस मापन गरिएको थियो । मंगलबार तापक्रम १ डिग्री घटेको हो ।

 

 

मौसम सफा भएकाले यो वर्ष विगका वर्षभन्दा छिटो देशभरी कै न्यूनतम तापक्रम घटेको मांसमविद् पौडलले बताए ।

 

 

उनका अनुसार राति मौसम सफा हुँदा जमीन चिसो हुने भएकाले तापक्रम घट्ने गरेको छ । अहिले तत्काल पानी पर्ने संभावना नरहेको पनि मौसमविद् पौडेलले जानकारी दिए ।

 

 

मंगलबार पूर्वी पहाडी क्षेत्रको मौसम दिउँसोपछि आशिंक बदली भए पनि अरु ठाउँको मौसम सफा हुने उनको अनुमान छ । 

तापक्रम काठमाडौं

विशेष