दीपिकाको लागि रणवीरले किने २० लाखको मंगलशूत्र
एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहले आफ्नो पाँच वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दै छन् । इटलीस्थित लेक कोमोमा विवाह गर्न लागेका यी दुई जोडिले एक अर्काको लागि आकर्षक उपहार खरिद गरिसकेका छन् ।
रणवीरले दीपिकाको लागि २० लाख पर्ने एक डिजाइनर मंगलशूत्र किनिदिएका छन् भने दीपिकाले पनि रणवीरको लागि २०० ग्रामको महंगो ‘गोल्ड चेन’ किनेकी छन् ।
विवाहको लागि सपिङ गर्न पुगेका दीपिका र रणवीरको लागि एक घण्टा अघिदेखि नै पसल पुरै बन्द गरिएको थियो । जसकारण यी दुईले ढुक्कले सपिङ गर्न पाएका थिए । दीपिकाको बेंगलरूस्थित घरमा विवाहको लागि पूजा पाठको काम सुरु भइसक्यो ।
पिंकभिल्ला रिपोर्टको अनुसार, दीपिका—रणवीरको विवाह ‘कलर कोर्डिनेटेड’ हुने भएको छ । परिवारसँगै वेटर्सले पनि ‘ड्रेस कोड’ फलो गर्नेछन् ।