ओशो तपोवनमा महिलाहरु किन अपमानित ? (पाँच तस्बीरसहित)
काठमाडौं । महिलाहरु प्रति ओशो रजनीश सम्मान गर्थे भन्ने गरिन्छ । ओशोकै विचार पछ्याउने, ओशोका ध्यान विधिहरु सिकाउने नेपालमा ओशो तपोवनले चाहिँ महिलाहरुप्रति कस्तो धारणा राख्छ त ?
नेपालआजलाई प्राप्त भएका केही तस्बीहरुमा महिलाहरुलाई पुरुषको खुट्टा ढोग्न लगाइएको पाइएको छ । नेपाली नारीहरुले आफ्नो पतिबाहेक कसैको पनि खुट्टा ढोग्न आवश्यक छैन । नेपाली संस्कारमा यस्तो शोभनीय पनि मानिदैन ।
तर पनि ओशो तपोवनमा महिलाबाट मसाज गराउने, महिलालाई खुट्टा ढोगाउने प्रवृत्ति रहेको पाइयो ।
त्यतिमात्रै होइन मान्छेलाई पनि भगवानलाई झै आरति गर्ने, नेताहरुलाई निमन्त्रणा गरेर ध्यान केन्द्र भन्दा पनि शक्ति केन्द्रको रुपमा विकसित गर्न खोजिएको आरोप लाग्न थालेको छ ।
यस सम्बन्धमा ओशो तपोवनलाई हामीले निम्न प्रश्नहरु सोधेका थियौं–
ओशो महिलाहरुलाई उच्च सम्मान दिनुहुन्थ्यो भन्ने गरिन्छ । के ओशो तपोवनले पनि यो धारणा आत्मसात गर्छ ? गर्छ भने महिलाहरुलाई पुरुषको खुट्टामा किन ढोगाइन्छ ?
–भावनामा बहकिएका महिलाहरुलाई यसरी खुट्टा ढोगाउँदा महिलाहरुको मान हुन्छ कि सम्मान ?
–फूल चढाउने, आरती गर्ने काम भगवानका लागि हुन्छ । स्वामी आनन्द अरुणज्यू पनि भगवान हुनुहुन्छ ?
तर यि प्रश्नहरुको जवाफ ओशो तपोवनले दिएको छैन ।