कला साहित्य मनोरञ्जन

रेखाको मालिकाले पानी पनि मागेन, डुब्यो लगानी 

रेखाको मालिकाले पानी पनि मागेन, डुब्यो लगानी 

काठमाडौं । रेखा थापाको फिल्म मालिका व्यवसायिक हिसाबले असफल भएकोछ । मालिकाले दर्शक तान्न नसकेपछि फिल्म फिल्म लगानी उठाउन समेत असमर्थ हुने आँकलन गरिएको छ । 

 

फिल्मका वितरक गोपाल कायस्थले भने, ‘यसको व्यापार औसत भयो । लगानी उठाउन त सक्दैन । सन्देशमुलक भएकोले यो चलचित्र रेखाका अरु सिनेमामा जस्ता दर्शक आएनन् ।’

 

लक्ष्मीपुजादेखि प्रदर्शनमा आएको मालिकाले तिहारमा फुर्सदिला बनेका दर्शक पनि तान्न सकेन  । यो सिनेमा तीन दिनपछि नटिकेपछि अब चाँडै हलहरुबाट उत्रिने कायस्थले बताए । उनले भने, ‘मल्टिप्लेक्समा त चल्दै चलेन भन्दा पनि हुन्छ । सिंगलहरुमा केही दर्शक आएका छन् ।’

 

७० लाखमा निर्माण भएको चलचित्रले लगानी उठाउन सम्भव नभएको कायस्थले उल्लेख गरे । उनले भने, ‘च्यारिटी शोहरुबाट उठ्यो भने मात्रै हो नत्र गाह्रो छ ।’ उपत्यकाबाहिर पनि रेखाको मालिकाले पानी नै नमागेको चर्चा छ । 

 

हलमा दर्शक नआएपछि रेखा थापा पनि हल नगएको बताइन्छ । सिनेमा लागेपछि हल जानुलाई उनले नाटकको संज्ञा दिएकी थिइन् । 
 

विशेष